यूएन प्रि स्याट परीक्षाको प्रश्नपत्र किनबेच, दुई प्रहरी नियन्त्रणमा



काठमाडौं ।
नेपाल प्रहरीमा यूएन प्रि स्याट परीक्षाको प्रश्नपत्र किनबेच भएको छ । प्रहरी प्रधान कार्यालयले दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ भने दर्जन अधिकारीमाथि छानबिन अघि बढाएको छ ।
युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बमले प्रश्नपत्र चोरी गरेको खुलेको छ । उनले हवल्दार कुमार शाहलाई एक लाखमा बिक्रि गरेका थिए । शाह पहिला यूएन शाखामै काम गरेका प्रहरी हुन् । उनले थप प्रहरीलाई बिक्रि गरेका थिए । हवल्दार शाह र परिचर बमलाई १ नम्बर गणमा थुनामा राखिएको छ ।
एसपी अनुपम राणाको दराजको साँचो बनाएर उनले उनले प्रश्न चोरी गरेका हुन् । यसरी प्रश्न किन्ने एक दर्जन भन्दा धेरै प्रहरी अधिकृतमाथि समेत छानबिन भइरहेको छ । डिआइजी बसन्त लामा नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।
गत साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालयले प्रि स्याट परीक्षा सञ्चालन गरेको थियो । यो घटनाले प्रहरीकै छवी गिराएको भन्दै यसमा संलग्न प्रहरीमाथि कडा कारबाहीको तयारी भइरहेको छ । दृष्टि