दुर्घटनामा परी प्रहरी निरीक्षक वाग्लेको मृत्यु



नवलपरासी ।
दुर्घटनामा परी एकजना प्रहरी निरीक्षकको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका कपिल वाग्लेको मृत्यु भएको हो ।
नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। काठमाडौं बसुन्धाराका वाग्लेलाई हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो ।
उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।
वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।