एमालेमा लोगो परिवर्तन, सूर्य चिह्नभित्र हँसिया हथौडा रहने



काठमाडौं ।
नेकपा (एमाले)मा लोगो परिवर्तन गर्ने प्रस्ताव गरिएको छ ।
आज च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने उल्लेख छ ।
प्रस्तावको बुँदा नम्बर २२ मा भनिएको छ– पार्टी लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।एमालेको लोगो र चुनाव चिह्न सूर्य रहँदै आएको छ ।