वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म, अर्थ र मोक्ष प्राप्त गर्ने तरिका



महाभारतको अनुशासन पर्व अनुसार भीष्म पितामह जब बाणको शय्यामा सुतेका थिए तब उनलाई भेट्न पाँच पाण्डव पुगेका थिए । त्यतिबेला धर्मराज युधिष्ठिरले भीष्म पितामहसँग ब्रह्मर्षि र देवर्षिका सामू धर्मको विषयमा थुप्रै प्रश्न सोधे । तत्वज्ञानी र धर्मका जानकारी भीष्मले वर्णाश्रम र राग–वैराग्यसहित थुप्रै ज्ञानको कुरा र अनेक रहस्यमयी भेद सम्झाए । यसकास ाथै भीष्मले पाण्डवलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र अन्य जीवनका रहस्यबारे विस्तारपूर्वक चर्चा गरे । धर्म, अर्थ, काम र मोक्ष कसरी प्राप्त गर्न सकिन्छ भनेर पनि भीष्मले बताए ।
१. परिवर्तन संसारको नियम हो र सबैले यो स्विकार गर्नुपर्छ, अनिमात्रै सुख–शान्ति पाउन सकिन्छ ।
२. जो व्यक्तिले आफ्नो आमा–बुवाको सेवा गर्छ, उसले परलोकमा पनि मान–सम्मान प्राप्त गर्छ ।
३. एक राजाले आफ्नो पुत्र र प्रजामा भेदभाव गर्नु हुँदैन ।
४. आफ्नो गुरुका लागि मान–सम्मान र प्रेमले नै व्यक्तिलाई सर्वश्रेष्ठ बनाउन सक्छ ।
५. धर्ममा थुप्रै द्वार छन् । सन्तजनले ती मार्गको कुरा गर्छन् जुन उनीहरुलाई थाहा हुन्छ तर सबै मार्गको आधार आत्मसंयम हो ।
६. मुश्किल स्थिती यो जीवन चक्रको नियम हो । तनाव नलिइकनै यसको सामना गर्दा मात्रै सफलता पाइन्छ ।
७. सत्य र धर्मको मार्गमा हिँड्ने सानो कमिला पनि एक हात्तीभन्दा शक्तिशाली हुन्छ ।
८. यदि कोही महान व्यक्तिले अधर्म र अन्यायलाई साथ दिन्छ भने धर्मको अगाडि ऊ झुक्नै पर्छ ।
९. सत्ता सुख भोग चलनका लागि नभई कठिक परिश्रम गरेर समाजलाई कल्याण गर्नका लागि हुन्छ ।
१०. समय असाध्यै बलवान हुन्छ, एकै क्षणमा सबै परिस्थिती परिवर्तन हुन्छ ।