देउवा सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्छ, हौसिन जरुरी छैन: प्रचण्ड


  • देउवा सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्छ, हौसिन जरुरी छैन: प्रचण्ड
  • काठमाडौं । नेकपा माओवादी केन्द्र एवं सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन्। यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ। माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए। परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन्। ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ। प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *