फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय

विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
२०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना राखिएको छ ।
हाइस्कुलमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आकर्षक कक्षाकोठाका साथै विद्यार्थीलाई खेल्नका लागि बास्केटबल कोर्ट पनि राखिएको छ । भवनको बाहिरी आवरण पुरानै शैलीमा रहेपनि भित्री भागमा भने अत्याधुनिक संरचना रहेको छ ।
भूकम्पअघि दरबार हाइस्कूलको माथिल्लो तलामा भानू मावि र तल्लो तलामा संस्कृत मावि सञ्चालनमा रहेको यो भवन भत्किएपछि विद्यार्थीलाई अस्थायी टहरामा सारेर पठन पाठन गरिएको थियो ।
भवनको भौतिक संरचना निर्माण सम्पन्न भएपछि अहिले रंगरोगन गर्ने तथा सरसफाइ गर्ने काम भइरहेको छ । नवनिर्मित विद्यालय भवनमा ४ तला र ४६ वटा कक्षाकोठा रहेका छन् ।
आजभन्दा १ सय ६६ वर्षअघि अर्थात् वि.सं. १९१० सालमा राणा र राजपरिवारका सन्तानलाई पढाउन खुलेको दरबार हाइस्कुलमा पछि सर्वसाधारणका सन्तानलाई पनि अध्ययन गर्न दिइएको थियो ।