रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन नियुक्त



काठमाडौं ।
सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन् । सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको एक मन्त्रीले बताए ।
महाप्रबन्धक नियुक्त भएका झाले नियुक्तिको पत्र पाएसँगै आफू कार्यक्षेत्रमा जाने बताए । ‘नियुक्तिको पत्र आज आउला,’ उनले भने। झाले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।