ओलिको लागि सधै ढोका खुला छ : नेता नेपाल



काठमाडौं ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् ।
चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् ।
‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालले भने । उनले अझै पनि आफूलाई ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने दाबी गरे । त्यस्तै उनले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गरेको बताए ।