सशस्त्र प्रहरीको घुमुवा घुससहित पक्राउ



काठमाडौं ।
सशस्त्र प्रहरी बलका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारको बर्दिवासस्थित कार्यालयले सशस्त्रका बरिष्ठ हवल्दार राजीशरण शाह र स्थानीय रामआशिष शाहलाई पाँच हजार घुससहित पक्राउ गरेको हो ।
महोत्तरीको गौशाला नगरपालिका– ४ बाट उनीहरु पक्राउ परेका हुन् । सीमाबाट सामान तस्करीमा सहज गराइदिने भन्दै घुस लेनदेन हुँदै गर्दा अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो ।