आज देशका विभिन्न स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना



काठमाडौं ।
देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अरू प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा ‘धेरै भारी’ वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।