नेता नेपाल नेतृत्वको पार्टीले आजै दल दर्ता प्रमाणपत्र पाउने


  • नेता नेपाल नेतृत्वको पार्टीले आजै दल दर्ता प्रमाणपत्र पाउने
  • काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै निर्वाचन आयोगले बुधबार सनाखतका लागि माधव नेतृत्वलाई बोलाएको थियो ।
    नेकपा एमालेबाट विभाजन भएर नेता नेपाल लगायतका नेताहरुले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् । सनाखत भएसँग माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आधिकारिता पाएको छ । आयोगले आजै नयाँ दल दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *