
महन्तको लोसपाले पायो मान्यता



काठमाडौं ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वैधता पाएको छ । निर्वाचन आयोगले बुधबार साँझ लोसपालाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।
सरकारले भदौ २ गते केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएपछि दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा जारी गरेको थियो । सोही दिन ठाकुर पक्षले नयाँ दल दर्ता लागि निवेदन दिएको थियो । बाह्रखरी
