केही जिल्लाका एसपीहरुको सरुवा तयारी



काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्ला तथा प्रदेश ट्राफिक कार्यालयका प्रमुखका रुपमा कार्यरत एसपीहरुको सरुवाको तयारी थालेको छ । एक वर्ष अवधि पुगेका जिल्लाका एसपीहरुको सरुवा हुन लागेको हो ।एसपीको सरुवा हुने जिल्लाहरुमा सर्लाही, सप्तरी, पाल्पा, स्याङजा, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी र नुवाकोट छन् ।
सर्लाहीमा सन्तोषसिंह राठौर, सप्तरीमा राजेन्द्र धमला, पाल्पामा सन्तोष भट्टराई, स्याङजामा होबिन्द्र बोगटी, सिन्धुपाल्चोकमा राजन अधिकारी, पूर्वी नवलपरासीमा प्रकाश मल्ल र नुवाकोटमा तुलबहादुर कार्की कार्यरत छन् । रौतहटका एसपी सिद्धिबिक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाएको घटनामा मुछिएकाले उनलाई पनि हटाउने सम्भावना प्रबल छ ।जिल्ला जान चाहने एसपीहरु कांग्रेस नेताहरुमार्फत गृहमन्त्रीको पावर लगाउन दौडधुपमा छन् । आफुलाई खास कांग्रेस भन्ने एसपी आभूषण तिमल्सिना पनि दौडधुपमा छन् ।यसअघि विराटनगर जाँदा कांग्रेस अब देशबाट बढारियो भन्दै मोरङका कांग्रेसका नेतालाई खिल्ली उडाएका तिमिल्सिना अहिले तिनै कांग्रेस नेताहरु समातेर आकर्षण जिल्लामा जाने दौडमा लागेका छन् ।