सशस्त्रका घुमुवा जवानले गरे सइमाथी हातपात



काठमाडौं ।
सीमामा तस्करीको विवादमा एक जवानले सइमाथि आक्रमण गरेका छन् । बर्सौं घुमुवा बसेर बदनाम भएका जवान वीरेन्द्र साहले सइमाथि हातपात गरेका हुन् ।
जवान साहलाइ केहि समयअघि कारबाही गरी मनकामना गण तनहुँ सरुवा गरिएको थियो । तर बिदामा घर आएर आफै तस्करी गर्न हिंडेका उनलाइ बुधबार सांझ तस्करीको कपडा र बाइक सहित बिधेबर्साइन इलाकामा सशस्त्र प्रहरीका एक सइले पक्राउ गरेका थिए । पक्राउ पर्नासाथ स्थानीय गाउंलेको सहयोगमा सइमाथि हातपात गर्दै कपडा लिएर उनी फरार भएका हुन् ।
उनको अपाचे बाइक ६ नम्बर गण सप्तरीवाट खटिएका डिएसपीको टोलिले नियन्त्रणमा लिएको छ । तस्करिमा प्रयोग भएको बाइक अहिले सोहि गणमा राखिएको छ । यो विषयमा प्रदेशका बाहिनीपति डिआइजी चन्द्रप्रकाश गौतमलाई समेत जानकारी गराइएको छैन । तराइका अधिकांश नाकामा प्रहरीकै मिलेमतोमा यतीबेला तस्करी मौलाएको छ ।