कालिकोटमा जिप दुर्घटना ११ जना घाइते



कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परि ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क १ ज २३ नम्बरको जिप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए ।
दुर्घटना परी घाइते भएकाहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीले बताए ।
घाइतेको हेलिकोप्टरबाट उद्दार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयय कालिकोटले जनाएको छ ।