प्रदेश १ का मुख्यमन्त्री आचार्यले संसदमा सामना गर्ने


  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले संसदमा सामना गर्ने
  • विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका छन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिने बताएका हुन् । आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौँ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ ।
    एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूप्रति भने आचार्यले उनीहरूले आफ्नो अधिकर प्रयोग गरेको बताए । प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन् । जसमध्ये एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एकएक जना सांसद छन् । बहुमतका लागि प्रदेश सभामा ४७ मत चाहिन्छ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *