कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघ्यो



काठमाडौं ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने नेपालीको संख्या १ करोड नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार कुल कूल १ करोड ९२ हजार १६४ जनाले कोरोना खोप लगाएका हुन् ।
मन्त्रालयको विवरण अनुसार पहिलो डोज लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ छ भने दुवै डोज लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेका छन् ।
सरकारले २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।