नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ्य



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।
‘हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ”पछिल्लो समयमा निकै धपेडीमा रहेको ज्वरो आएको हुनसक्छ ।’