बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता



काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।
शनिवार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।
मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् । शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो ।
मन्त्रालयको संख्या टुंगिएपनि कुन-कुन मन्त्रालय कसलाई भन्ने विषयमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । दृष्टिन्युज