इलाममा ५७ जनप्रतिनिधिले एकीकृत समाजवादीमा गरे सनाखत



झापा ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी इलाममा बलियो देखिएको छ । सो जिल्लाका दुई पालिका प्रमुखसहित ५७ जनाले एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।
सोमबार जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर प्रदेश सांसद खिनु लङ्वा लिम्बु, सूर्योदयन गाउँपालिकाका प्रमुख रणबहादुर राई , माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई, जिल्ला सन्वय समिति उपप्रमुख चित्रकला बराइलीसहित ५७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
एकीकृत समाजवादी रोज्नेमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा बढी देखिएको छ । सूर्योदय नगरपालिकाका प्रमुख राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष राई नेकपा एकालेको सूर्य चिन्हबाट निर्वाचित भएका हुन् ।
यसअघि खनाल पक्षमा रहेका सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई भने एमालेमै बसेका छन् । हालसम्म सनाखत नगरेकाले मंगलबारसम्म दल रोज्न पाउने निर्वाचन कार्यालयले जनाएको छ ।