एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश



काठमाडौं ।
एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् ।
एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर पेस गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक २५ गतेसम्मका लागि स्थगित गरेका छन् ।
यसअघिका दुई बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेर अवरोध पुर्याएका थिए । पहिलो बैठक असन्तुष्ट दलसँग छलफलका लागि १५ मिनेट स्थगित गरिएको थियो ।
एमालेले पार्टीले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेको र दल विभाजनमा भूमिका खेलेको भन्दै सदनमा विरोध जनाएको हो ।