दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने


  • दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने
  • काठमाडाैं । सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नगर्ने भएको छ ।
    केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी कात्तिकमा पुनः सञ्चालन गर्ने भएपनि गत जेठमा नेपालकाे नक्सामा समेटिएका ती भूभागमा भने गणना नगर्ने भएको हो। विभागका महानिर्देशक नेबललाल श्रेष्ठले सो भूभागमा जनगणना गर्नु संवेदनशील रहेकाले विभाग एक्लैले गणना गर्न नसक्ने जनाए।
    ‘यो एकदमै संवेदनशील विषय हो। तथ्यांक विभागमात्रै गएर त्यहाँ जनगणना गर्नसक्ने अवस्था छैन। यो वास्तविकता हामीले मान्नुपर्छ’, महानिर्देशक श्रेष्ठले भने, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारसँग हामी निरन्तर छलफलमा छौँ। के सम्भव छ, निर्क्याेल गर्छौँ।’ तर, सरकारले सहयाेग गर्ने प्रतिबद्धता जनाए गणक, सुपरिवेक्षकको समेत सर्टलिस्ट गरिसक्दा लिपुलेक–लिम्पियाधुराका लागि भने सम्भव भएसम्म समेट्ने प्रयास गरिने विभागले जनाएकाे छ । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *