नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुँदै



धनुषा ।
प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा सहभागी जनाउने निर्णय गरेको हो ।
बैठकबाट शत्रुधन महतालाई संसदीय दलको नेताका रूपमा चयन गरिएको छ । सरकारमा सहभागी हुने विषयमा महताले नै मुख्यमन्त्री लालबाबु राउतसँग समन्वय गर्ने छन् ।
सरकारमा सहभागी हुनेको नाम भने सहमतिका आधारमा टुंग्याइने बताइएको छ ।