श्रीमानलाई मार्न सुपारी दिएको आरोपमा महिला पक्राउ



काठमाडौं
आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार उपचारको बहानामा दुखरणलाई भारतको जयनगर पुर्याई हरिहरदेवीले भारतीय नागरिक मुकेश यादव समूहलाई ६० हजार रकमको सुपारी दिएकी थिइन् । हरिहरदेवीलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
दुखरणको शव विहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर बजार नजिकै गत भदौ १९ गते फेला परेको थियो ।