प्रहरी विधेयक संसद्मा पेस हुने



काठमाडौं ।
नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्मा पेस हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी र प्रदेश प्रहरी विधेयक संसद्मा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि पत्रकारहरूलाई विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत गरेको जनाकारी गरउँदै भने, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भयो ।’