चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ



काठमाडौँ ।
प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-३ का २३ वर्षीय मोहम्द आशिक र २३ वर्षीय आनिष हवारी रहेका छन् ।
वीरगञ्ज महानगरपालिका-१५ का रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएकोमा सूचनाको आधारमा अनुन्धानको क्रममा प्रहरी टोलीले उनीहरुलाई बीरगञ्ज बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरुले मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली चलाउँदै आएका थिए ।