एमालेको १०औं महाधिवेशन चितवनमा हुने


  • एमालेको १०औं महाधिवेशन चितवनमा हुने
  • काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन हुने स्थान परिवर्तन भएको छ । आगामी मंसिरमा बुटवलमा गर्ने निर्णय गरेको एमालेले स्थान परवर्तन गर्दै चितवनमा गर्ने निर्णय गरेको हो । विहीबार बसेको स्थायी कमिटी बैठकले १०औं महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बिहीबारको बैठकले १०औं महाधिवेशन सफल पार्न नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको पनि ज्ञवालीले जानकारी दिए ।
    एमालेले यसअघि नै मंसिर १० देखि १२ सम्म १०औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *