बर्दिया : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। विविध कारणबस शनिबार अधिवेशन हुन नसकेका वडाहरुमा आइतबार गरिएको छ।
यसैबीच, नेकपा (एमाले) ठाकुरबाबा नगरकमिटी अन्तर्गतका सबै वडाहरुको पनि अधिवेशन सम्पन्न गरिएको छ। ठकुरबाबा नगरकमिटीमा ९ वटा वडा छन् । सम्पुर्ण वडाहरुको उत्साहजनक तरिकाले अधिवेशन सम्पन्न भएको बताइएको छ।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव लगायत सदस्यहरु निर्वाचित भएका छन् ।

ठाकुरबाबा नगरपालिका का ९ वटै वडामा सर्बसहमतिले चुनिएको नेतृत्व यस्तो छ:
वडा | अध्यक्ष | सचिव | कमिटी |
१ | विष्णु प्र. खनाल | विष्णु कँडेल | ३१ |
२ | देबिदत्त गौतम | बरुण थापा | ३१ |
३ | हरि भट्टराई | श्रीकृष्ण थारु | ३१ |
४ | मुकुन्द साउद क्षेत्री | भागिराम थारु | २५ |
५ | कालिचरण थारु | खुशीराम थारु | ३१ |
६ | दयाराम भुसाल | मदन ब. थापा | ३१ |
७ | पदबिरे रोकाया | रामचन्द्र थारु | ३१ |
८ | बिर्खे दमाई | शेर ब. बोगटी | ३१ |
९ | कृष्ण प्रसाद भट्टराई | प्रविन नेपाल | ३१ |