नेपालगंज ।
मोफसलमा रहेर चार दर्जन वढी म्युजिक भिडियो निर्देशन गरिसकेका चर्चित निर्देशक नवराज सुवेदीले फेरी अर्को नयाँ भिडियोको छायांकन सकेका छन ।

चुनरी चुनरी उरगील बा तोहार हावासे.... बोलको थारु गीतको म्युजिक भिडियोको छायांकनको क्रममा बाँकेको पर्यटकिय स्थल गाभरमा भेटिएका निर्देशक सुवेदी निकै थकित अनी खुसि देखिन्थे । हाल छायांकन भैरहेको भिडियो आफ्नो ५५ औ म्युजिक भिडियो भएको वताउदै एक सातामै तिहारको गीतमा अर्को भिडियो छायांकन गर्ने तयारीमा रहेको समेत जानकारी दिए ।
एक लाख ५० हजार लागानी रहेको भिडियोमा उमेश मुस्कान र अनु चौधरीको स्वर रहेको छ । ठुलो पर्दाको चलचित्र साथै मोडलिङमा ब्यस्त मोडेल कृष्णराज अधिकारी र दुर्गा राना मगरको अभियन रहेको भिडियोमा बाल कलाकार विशेष सुवेदी र शिक्षा सुवेदीको समेत छोटो अभिनय रहेको छ ।

बाकेको पर्यटकिय स्थल गाभर भ्याली र कोहलपुरको विभिन स्थानमा छायांकन गरिएको भिडियोमा उदयलाल रानामगरको लगानी, केशव बडुको एरेन्ज, रामु चौधरीको छायांकन रहेको छ ।