पाँचथरमा बेपत्ताहरुको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन



काठमाडौं ।
लगातारको वर्षाले बाढीपहिरो आएर बेपत्ता भएकाको खोजीका लागि पाँचथरमा तालिम प्राप्त कुकुर परिचालन गरीएको छ ।
पाँचथरमा बाढीपहिरामा परी एक सातादेखि अझै तीन जना बेपत्ता छन् । हालसम्ममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।
बेपत्ता भएका तीन जाना नै मिक्लाजुङ गाउँपालिकाका भएको जिल्ला प्रहरी कार्यालय पाँचथरमा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
प्रहरीका अनुसार तालिमप्राप्त कुकुर सोमबार नै मिक्लाजुङ आइपुगेका छन् । आज ‘मंगलबार’ बाट ती कुकुरले बेपत्ताको खोजी गर्ने छ ।