प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल सुरु



काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।
प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १४ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ ।
सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच विवाद भइरहेको छ । दृष्टि