आईपिएलमा अब १० टिमले प्रतिस्पर्धा गर्ने



काठमाडौं ।
आगामी संस्करणको इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा दुई नयाँ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । आरपिएसजी भेन्चर्सले लखनऊ र सिभिसी क्यापिटल पार्टनर्सले अहमदाबादमा नयाँ टिम बनाउनेछ । आईपिएलमा अब १० टिम हुनेछन् । प्रतियोगितामा कुल ७४ वटा प्रतिस्पर्धा हुनेछन्, प्रत्येक टिमले ७ वटा होम र ७ वटा अवे म्याच खेल्नेछन् ।
भारतीय क्रिकेट बोर्ड बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले भने, ‘अब आईपिएलमा दुई नयाँ शहर लखनऊ र अहमदाबादका टोली पनि हुनेछन् ।’