तिहारपछि शिक्षकको विज्ञापन खुल्ने



काठमाडौं ।
तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुल्ने भएको छ । तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी भइरहेको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।
आयोगले तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको जानकारी दिएको छ ।
आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ ।
नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ ।