प्रधानन्यायाधीश राणाद्धारा तीन महिनापछि राजीनामा दिने प्रस्ताव
काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तीन महिनापछि आफु विदा बस्ने र राजीनामा दिने प्रस्ताव अघि सारेका छन् । आफुविरुद्ध सर्वाेच्चका न्यायाधीश तथा कानून व्यवसायीले गरिरहेको आन्दोलनलनाई मत्थर पार्न उनले यस्तो प्रस्ताव गरेका हुन् ।
आन्दोलनरत सर्वाैच्चका न्यायाधीशका प्रतिनिधिसँग छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेको स्रोत बताउँछ । अहिलेको आन्दोलनलाई तत्काल कमजोर बनाउने रणनीतिअनुसार उनले यस्तो प्रस्ताव गरेका हुन् । आफुलाई सम्मानजनक बर्हिगमनको अवसर दिन राणाले आग्रह गरेको एक न्यायाधीशले बताए ।
उता नेपाल बार एशोसियसनले राणाविरुद्ध आन्दोलन चर्काउने भएको छ । बारले आइतबार जिल्ला र उच्च अदालत इकाईका एशोसियसयनसँग यसबारे भर्चुअल छलफल गरेको थियो । जसमा आन्दोलनलाई देशब्यापी बनाउनुपर्ने कुरा उठेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।
प्रधानन्यायाधीशको पदलाई भागबन्डाको अस्त्र बनाएको तथा न्यायालयमा बिकृती बढाएको भन्दै राणाविरुद्ध न्याय तथा कानून क्षेत्र निरन्तर आन्दोलित छ ।