२४ जना उपसचिवको सरुवा


  • २४ जना उपसचिवको सरुवा
  • काठमाडौं ।  । गृहले सोमबार २४ जना उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लामा सहायक सिडिओमा उपसचिवलाई पठाइएकोमा धेरैले असन्तुष्टि जनाएका छन् ।
    सरुवाअनुसार पुष्कर खड्कालाई डोटी, रुद्रप्रसाद न्यौपानेलाई झापा, हरिप्रसाद गैरेलाई गुल्मी, चोमेन्द्र न्यौपानेलाई झापा, शिवप्रसाद रिजाललाई चितवन, शिवराम सेढाईलाई बारा, सावित्रा पुनलाई दाङ, निराजन श्रेष्ठलाई सिन्धुपाल्चोक, अनिल पौडेललाई कपिलवस्तु, लालबाबु कवारीलाई सिराहा, प्रदर्शन कुमारीलाई धनुषा, मित्रलाल शर्मालाई सुर्खेत, रामबहादुर शाहीलाई दैलेख, भूमिश्वर पौडेललाई लमजुङ, भोजराज श्रेष्ठलाई सर्लाहीको सहायक सिडिओमा सरुवा गरिएको छ । त्यस्तै उपसचिव गणेश नेपालीलाई इप्रका चन्द्रनिगाहपुर, अनिल खनाललाई विमानस्थल अध्यागमन, बिसनसिंह थापालाई इप्रका टीकापुर, महेन्द्रसिंह खड्कालाई मोरङ कारागार, तुल्सीराम पौडेललाई इप्रका उर्लाबारी, माधव मरासनीलाई विमानस्थल अध्यागमन, प्रदीप शाहलाई झुम्का कारागार लक्ष्मी पाण्डे गौतमलाई विमानस्थल अध्यागमनमा सरुवा गरिएको छ ।
    सहायक सिडिओमा सरुवा भएकाले सरुवाको पत्र नबुझ्न सक्ने भएको भन्दै सरुवा सूचीसमेत गृहले गोप्य राखेको छ । सहायक सिडिओ भएर कर्मचारीहरू जान नचाहने समस्या देखिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल बताउँछन् । ‘सबै सिडिओ बन्न खोज्ने प्रवृत्ति छ,’ उनी भन्छन्, ‘सहायक सिडिओमा आकर्षण कम छ, सरुवा भएको जिल्लामा नजानेलाई अन्यत्र मन्त्रालयमा फिर्ता पठाइनेछ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *