आज विश्व टेलिभिजन दिवस



काठमाण्डौं ।
आज विश्व टेलिभिजन दिवस परेको छ । यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभा बैठकले हरेक वर्षको नोभेम्बर २१ तारिखलाई दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।
सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाइन्छ । सन् १९५४ देखि रङ्गिन टेलिभिजनको विकास भइ रङ्गिन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो ।
सन् १९७० को दशकमा विश्वका ६० वटा देशमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले दुई दर्जनभन्दा धेरै टेलिभिजन च्यानल नियमित प्रसारणमा छन् ।