नेकपा एमालेको स्थायी कमिटी बेठक आज बस्दै



काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटी बेठक आज बस्दैछ । सोमबार बोलाइएको बैठक आज (मंगलबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज विहान ११ बजेका लागि सारिएको हो । यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आजको बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने जानकारी दिए । यस्तै पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले बताए ।
निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने तयारी छ ।
चितवनमा यही मंसिर १० गतेदेखि १२ गतेसम्म आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।