काठमाडौं ।
नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा भएको छ । जनपद प्रहरी तर्फ एसएसपीहरुको गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरिएको हो ।
उमेश राज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।
श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ । त्यसैगरी बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नल प्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान व्यूरो उपप्रमुख नक्सालमा, भिमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पुजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

