नेपालमा २७ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि



काठमाडौं ।
नेपालमा हालसम्म २७ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । आइबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले सो जानकारी दिएकी हुन् । उनले ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिन् ।
उनले ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखि प्रदेशहरुमा जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताइन् । उनले ओमिक्रोनबाट बच्न खोप लगाउने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने नै रहेको बताइन् । मन्त्रालयले सही रुपमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, भीडभाडमा नजान, नगर्न पनि अनुरोध गरेको छ । कसैलाई संक्रमण भएमा तुरुन्त आइसोलेशनमा बस्न पनि अनुरोध गरेको छ ।