काठमाडौंमा बसको ठक्करबाट एक महिलाको मृत्यु



काठमाडौं ।
काठमाडौं महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको एक करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।