पछिल्लो २४ घण्टामा विश्वभर ३१ लाख बढीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ३१ लाख ७५ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कुल संक्रमितको संख्या ३२ करोड नाघेको छ ।
पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो । पछिल्लो २४ घण्टामा अमेरिकामा ८ लाख ६ हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा १ लाख ८४ हजार, बेलायतमा १ लाख ९ हजार संक्रमित थपिएका छन् ।
सो अवधिमा ११ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ७ हजार २९९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।