बम विस्फोटमा परी अफगानिस्तानमा सात जनाको मृत्यु



काठमाडौं ।
हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । भने ९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।
अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ । घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।