मिस अमेरिका चेस्लीद्धारा आत्महत्या



काठमाडौं ।
सन् २०१९ मा मिस अमेरिकाको ताज पहिरेकी चेस्ली क्रिस्टले आइतवार आत्महत्या गरेकी छन् । उनले न्यूयोर्कस्थित म्यानहटनको एउटा भवनको २९ औँ तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् ।
न्यूयोर्क पुलिस र उनको परिवारले जनाए अनुसार उनी केही दिनदेखि सोही भवनको नवौँ तलामा बस्दै आएकी थिइन् ।
अन्यायपूर्वक जेलजीवन बिताउन वाध्य गरीब र असहायको निशुल्क परामर्श र कानुनी लडाइ गर्दै आएकी क्रिष्ट ३० वर्षकी थिइन् । दुइ विषयमा मास्टर्स गरेकी क्रिष्टको मुख्य पेशा भने वकालत थियो । उनले अमेरिकाको न्यायप्रणालीमा सुधार ल्याउन प्रयास गरिरहेकी थिइन् ।
उनको मृत्युको कारण भने प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको शव भवनको तल क्षत विक्षत अवस्थामा सडकमा फेला परेको थियो ।दृष्टिन्युज