आज अधिकांश स्थानमा वर्षाको सम्भावना


  • आज अधिकांश स्थानमा वर्षाको सम्भावना
  • काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका भूभागमा हुस्सु लागेको छ । त्यस्तै आज (बुधबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
    महाशाखाले जनाए अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, बागमती तथा प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ । त्यस्तै आज राति देशका अधिकांश पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश १ का पहाडी भू–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । पुनः वर्षा तथा हिमपात हुने भएकाले देशभर चिसो बढ्ने महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *