सात हजार वढी प्रहरी जवानहरूको सरुवा



काठमाडौं ।
नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा भएको छ । मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको जनाएको छ ।
लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानिय तह निर्वाचन घोषणा पछि ठुलो संख्यामा जवानहरूको सरुवा गरिएको हो ।
सरुवा हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोस
www.nepalpolice.gov.np