मन्त्री आलेको चेतावनीपछि क्यासिनोद्वारा ७६ करोड राजस्व दाखिला



काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएपछि १७ वटा कम्पनीले बक्यौता बुझाएका छन् ।
गत माघ २८ गते पर्यटनमन्त्री आलेले होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर नतिर्ने होटलहरूको अनुमति रद्द गर्ने चेतावनी दिएका थिए । मन्त्री आलेको उक्त चेतावनीपछि क्यासिनोहरुले धमाधम बक्यौता बबुझाउन थालेका हुन् ।
मन्त्री आलेको चेतावनीपछि ७६ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको पर्यटन विभागले जनाएको छ । विभागकाअनुसार सोमबार सेन्ट्रल मिडिया प्रालिले पाँच करोडमध्ये चार करोड रुपैयाँ बक्यौता बुझाएको छ ।
अब एक अर्ब ११ करोड ८४ लाख ४७ हजार उठ्न बाँकी रहेको विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए । मन्त्री आलेको निर्देशनपछि विभागले क्यासिनो रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीनपुस्ते विवरण सार्वजनिक गरेको थियो ।
अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । तीमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड छ । बैंक जमानत रहेकाले असूलउपर गर्न समस्या नरहेको जोशीले बताए ।
त्यस्तै सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख छ । ह्याप्पी आवर प्रालि, होटल याक एण्ड यति ९क्यासिनो रोयल०, रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।