दैलेखमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते



दैलेख ।
दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंगलबार साँझ साढे छ बजेतिर दुर्घटना भएको हो । जीप सडकबाट एकसय मिटर तल खसेको साहले जानकारी दिए ।