पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ



काठमाडौं ।
प्रहरीलेकाठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।
चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरूबारे अनुसन्धान भइरहेको छ । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।