वरिष्ठ लोकगायक लामाको निधन



काठमाडौं ।
वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पाका लामाले गाएका र संगीत गरेका धेरै लोक गीतहरु नेपाली नेपालीमाझ लोकप्रीय छन् । लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीत लोकप्रीय छन् ।