
नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा नायक तथा निर्माता शाही मनोनित



काठमाडाैँ ।
नेपाली चलचित्र क्षेत्रका सफल निर्माता तथा वितरक गोविन्द शाही नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा मनोनित भएका छन् ।
संघका सभापति तीर्थ बहादुर थापाले शाहीलाई संघको परिच्छेद ७ को दफा २० (छ) बमोजिम मनोनित गरेका हुन् ।
शाहीको मनोनयनसँगै संघको उन्नयन, सम्बर्द्धन, द्रूतस्तर विकासका लागि पारस्पारिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरणमा थप मद्दत पुग्ने अपेक्षा सभापति थापाले गरेका छन् ।
शाहीलाइ मनोनय गरिएको पत्रमा उनले विगतमा संघमा रहेर लोकतान्त्रिक आन्दोलन र सांस्कृतिक उच्चता श्रीवृद्धि गर्न गरेको उल्लेखनीय योगदानको कदर गरिएको उल्लेख छ ।
गोविन्द शाही फिल्म नायक, निर्माता तथा वितरक हुन् । उनी पछिल्लो दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् । शाहीको 'कहाँ छौ कहाँ', र 'संसार आफ्नै' व्यावसायिक रुपमा सफलता प्राप्त गरेका चलचित्र हुन ।
